थाईराइड भनेको के हो? थाइराइडको लक्षण र कारणहरु

थाईराइड  भनेको के हो? के हुन्छ थाईराइड हर्मोनको कमी वा बढि भएमा? थाइराइडको लक्षण र कारणहरु

Table of Contents(toc)

हाइपोथाइरोइडिज्मको लक्षणहरु:

थाइराइड हर्मोन हाम्रो शरीरलाई चाहिने महत्वपूर्ण हर्मोन हो। यो हर्मोन घाँटीको अगाडिपट्टि हुने यही थाइराइड नामको ग्रन्थीले निकाल्दछ भने यो शरीरका सम्पूर्ण कोष हरुलाई आवश्यक छ। 
बच्चाहरूलाई शारीरिक र मानसिक विकास र दैनिक रूपमा समेत आवश्यक पर्दछ भने वयस्क हरुलाई समेत यसको आवश्यकता पर्दछ। 
थाइराइड हर्मोन बनाउनकालागि आयोडिन आवश्यक पर्दछ भने यो हामीले खाने खानामा पाइन्छ। तर नेपालजस्तो पहाडी भूभागमा माटोमा आयोडिन काम हुने हुनाले हाम्रो खानेकुरामा समेत आयोडिन कम हुन्छ। जसका कारण हामीलाई आयोडिन को कमी हुन सक्दछ।
यही समस्यालाई समाधान गर्न नेपाल सरकारले खाने नुनमा आयोडिन राखेर बजारमा आयोडिन युक्त नुन उपलव्ध गराएको छ। यो नुनको प्रयोगले आयोडिन को कमी हुन नदिई थाइरोइड को कमी हुन बाट जोगाउछ। 

थाइराइडको लक्षण वा रोग देखिएमा समयमा निदान गरी उपचार गर्नु उपयुक्त हुन्छ।

थाइरोइड कम हुनु राम्रो हैन भने, अर्को तिर थाइराइड बढी हुनु समेत झनै खतरनाक हुन्छ। थाइराइड कम हुनु लाई  हाइपोथाइरोइडिज्म भनिन्छ भने बढी हुने अवस्था लाई हाइपरथाइरोइडिज्म भनिन्छ।
thyroid gland थाइराइडको लक्षण र कारणहरु
Thyroid gland



यो दुवैका लक्षण तथा चिह्नरु तल उल्लेख गरिएका छन्।

यो पनि पढ्नुहोस्: How to lose weight

हाइपोथाइरोइडिज्मको लक्षणहरु:

  • थकान 
  • कमजोरी
  • शरीर गलेको महशुस हुने
  • स्मरण शक्तिमा कमि
  • अनिन्द्रा
  • मुड तलमाथि हुने
  • स्रवण शक्तिमा ह्रास
  • तौल बढ्ने
  • ३ PM crash
  • निद्रा बिग्रने
  • नङ टुट्ने, खुइलिने
  • जोर्नी र मासु दुख्ने
  • कपाल खस्ने
  • कब्जियत
  • महिनावारि मा गडबडि, रगत कम वा बढी जाने
  • चिसो सहन नसक्ने, बढि चिसो लाग्ने
  • शरीरको तापक्रम कम हुने
  • जिउ झमझमाउने
  • कोमा

हाइपोथाइरोइडिज्मको चिह्नहरु:

  • कपाल र आखीभौ पातलो हुने
  • जिउ सुनिएको हुने, सुजन
  • आखाको रोग
  • स्वरमा परिवर्तन
  • मुटुको चाल कम हुनु
  • खुट्टा सुन्निएको
  • जिउ चिसो हुने
  • मानसिक समस्या
  • सुस्त चाल
  • डर अनुभव
भिटामिन डिको बारेमा पढ्नुहोस: यहाँ क्लिक गर्नूहोस्

थाइराइड कम र बढी हुनुमा लक्षण र चिन्ह हरु ठ्याक्कै उल्टा हुने गर्दछन्। 

नेपालजस्तो पहाडी भूभागमा माटोमा आयोडिन काम हुने हुनाले हाम्रो खानेकुरामा समेत आयोडिन कम हुन्छ। जसका कारण हामीलाई आयोडिन को कमी हुन सक्दछ

हाइपरथाइरोइडीजमका लक्षण हरु

  • छट्पटी
  • डर महसुस
  • पसिना खलखली आउने
  • शरीर काम्ने, एक्टिभिटी बढ्ने
  • मुटु ढुकढुक हुने, धड्कन बढ्ने

हाइपरथाइरोइडिज्म का संकेत हरु

  • मुटुको चाल बढ्ने, चाल गडबडी हुने
  • रक्तचाप बढ्ने, pulse pressure वढी हुने
  • जिउ धेरै ततिने
  • आँखा सुन्निने आँखामा समस्त देखिने
  • हात काप्ने
  • मासु कमजोर हुने
  • थकान लाग्ने
  • तौल घट्ने
  • भोक बढ्ने
  • धेरै खाएर पनि तौल घट्ने
  • महिनावारीमा गडबढी, रगत कम बग्ने
  • घाँटी सुनिने
  • गलगाँड आउने
यो बाहेक माथिका समस्याहरू अन्य थुप्रै कारणले समेत हुन सक्दछन्।

यदि तपाईंलाई माथिका लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा हामी सँग सम्पर्क गर्नुहोस्।


Friendly blog: www.doctorhealthrx.com

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.